trusted online casino malaysia
trusted online casino malaysia

बारा । बाराको सिम्रौनगढमा ससुराली आएका एक भारतीय युवकले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । सिम्रौनगढ नगरपालिका–६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले आफ्नी श्रीमती अश्मिना खातुनको हत्या गरेका हुन् ।उनले अश्मिनालाई मासु काट्ने धारिलो हतियार प्रहार गरी हत्या गरेको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । बुधबार बिहान २ बजेतिर श्रीमती सुतेको कोठाभित्र पसी धारिलो हतियारबाट घाँटी रेटी अन्सारीले हत्या गरेका थिए । घरका सदस्यले होहल्ला गरेपछि छिमेकीहरू आई ढोका खोलेर हेर्दा युवक हत्या गरी त्यही बसेका थिए ।छिमेकीहरूले युवकलाई समाती प्रहरीलाई बुझाएका छन् । भारत बिहार ढाका थाना अन्तर्गत रुपौलिया गाउँ निवासी उनको सात वर्ष पहिले आश्मिना खातुनसँग बिहे भएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia