trusted online casino malaysia
trusted online casino malaysia

काठमाडाैं । अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी छन्द कविता वाचिका सरु गुरागाईंलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाभको कामना गरेका छन्।
परिवारसहित अमेरिकाको ओहायो निवासी गुरागाईंलाई घाँटीको क्यान्सर भएको हो। उनी त्यहाँस्थित युनिभर्सिटी अफ केन्टकी युके हस्पिटलमा उपचाररत छिन्। सरुका श्रीमान् मुरारी गुरागाईंले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन्।

यसैबीच एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीले सरुलाई क्यान्सर भएको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै शनिबार सामाजिक सञ्जालमार्फत हौसला दिएका छन्।

‘सरु र मुरारी गुरागाईंले भानुभक्तीय रामायण वाचन गरी सार्वजनिक गरेपछि एकपटक भेटेर कुराकानी गर्ने पनि कुरा भएको थियो। आज अचानक सरुलाई घाँटीको क्यान्सर लागेको खबर सुनेर दुःख लाग्यो’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तपाईंले छिट्टै क्यान्सर जित्नुहुनेछ र हामीलाई फेरि कविता वाचन गरेर सुनाउनु हुनेछ। स्वास्थ्यलाभको कामना सरु! तपाईंलाई ठीक हुनेछ र हामी भेट्ने छौँ।’

तपाईको प्रतिक्रिया

trusted online casino malaysia