trusted online casino malaysia
trusted online casino malaysia

एजेन्सी । अफ्रिकी देश मोरक्कोमा शुक्रबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको छ। यसबाट हालसम्म २९६ जनाको मृत्यु भइसकेको छ । अमेरिकी राज्य भूगर्भ सर्वेक्षणका अनुसार यो क्षेत्रमा १२० वर्षमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो। मोरक्कोको सरकारी टेलिभिजनले भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको जनाएको छ।

सामाजिक सञ्जालमा भूकम्पसँग सम्बन्धित धेरै भिडियोहरु भाइरल भइरहेका छन्, जसमा मानिसहरु दौडिरहेको देखिन्छ । भूकम्पको केन्द्रविन्दु एटलस पर्वत नजिकैको इघिल नामक गाउँ रहेको बताइएको छ । माराकेश सहर जुन ७० किलोमिटरको दुरीमा छ।

भूकम्पको गहिराई जमिनमुनि १८.५ किलोमिटर थियो । भूकम्पको धक्का पोर्चुगल र अल्जेरियासम्म महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी अफ्रिकामा भूकम्प एकदमै दुर्लभ हुन्छन्। यसअघि सन् १९६० मा अगादिर नजिक ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा परी हजारौं मानिसको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia