एजेन्सी । अमेरिकाको न्युयोर्कमा आँधीका कारण आपतकाल घोषणा गरिएको छ । न्युयोर्क सहरमा शक्तिशाली आँधीपछिको बाढीका कारण आपतका घोषणा गरिएको हो । त्यहाँ मुख्य गरी सडक र विमानस्थल अस्तव्यस्त भएको छ ।

लागार्डिया एअरपोर्टको एउटा टर्मिनल बाढीपछि बन्द गरिएको बीबीसीले जनाएको छ । जनजीवन प्रभावित भएको छ । केही क्षेत्रमा पाँच इन्च अर्थात् १२ दशमलव ७ सेन्टिमिटरसम्म पानी परेको छ । न्युयोर्कका गभर्नर क्याथी होचुलले मानिसलाई सुरक्षित रहन र बाढी पसेका सडकमा यात्रा नगर्न आग्रह गरेका छन् ।

हवाई यात्रुलाई पनि यात्रा गर्नुपूर्व अधिकारीसँग सोधीखोजी गर्न अनुरोध गरिएको छ । बाढीमा फसेका ६ जनाको उद्धार भएको र थप क्षतिको विवरण प्राप्त नभएको उद्धारमा संलग्न अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia