एजेन्सी । क्रिकेटरबाट राजनीतिज्ञ बनेका नवजोत सिंह सिद्धुलाई राहत दिँदै पटना उच्च अदालतले उनीविरुद्धको निर्वाचन आचारसंहिता उल्लङ्घनको मुद्दा खारेज गरेको छ। समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यो मामला २०१९ लोकसभा चुनावमा सिद्धुको कथित विवादास्पद भाषणसँग सम्बन्धित छ।

यस मामिलामा सिद्धुले कटिहार जिल्लाको अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट अदालतको आदेशलाई उच्च अदालतमा चुनौती दिएका थिए। अदालतले अक्टोबर १२, २०२० को आफ्नो आदेशमा यो विषयलाई संज्ञानमा लिएको थियो।

चुनावी र्‍यालीमा गरेको भाषणको सम्बन्धमा जिल्लाको बारसोई प्रहरी थानामा आईपीसी र जनप्रतिनिधित्व कानूनको सम्बन्धित धाराहरू अन्तर्गत सिद्धुविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia