- सरीता याेञ्जन

इटहरी । बैदेशिक रोजगारीका क्रममा ९ महिना अघी मलेसियामा नीधन भएका तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालीकाका एस कुमार सुबेदीकाे परिवारलाइ अार्थिक सहयाेग प्रदान गरिएकाे छ । फ्रेट वाच जि पाटोमोटु सेक्युरिटी एस डि एन बिएचडी मलेसिया र इन्टरनेशनल इम्प्लाइमेन्ट एजेन्सी प्रा.लि काठमाडौले सयुक्त रुपमा शुक्रबार अार्थिक सहयाेग प्रदान गरेकाे हाे । एस कुमार सुबेदीको गत २०८० असार १६ गते मलेसियामा हृदयघातका कारण निधन भएकाे थियाे । उनि २०७६ साल जेठ २३ गते मलेसिया पुगेका थिए । सुवेदीका एक श्रीमतीसंगै १० वर्ष र ४ बर्षका बच्चा रहेका छन ।

कम्पनिमा काम गरेको अन्तिम महिनाको तलब ६० हजार ७ सय ६२ को चेक सहित बिपी कम्प्लेक्स भवनमा मृतकका परिवारलाई ५ लाख सहयोग हस्तान्तरण गरिएको हो । कम्पनिको तर्फबाट डातो श्री गन्धी र डातुक कृष्नानले निज मृतकका दिदी बालकुमारी सुवेदीलाई चेक हस्तान्तरण गरेका हुन् । कम्पनिको यो सहयोगले आफुहरुलाई राहात मिलेको बालकुमारी सुवेदीले जानकारी दिए ।

फ्रेट वाच जि पाटोमोटु सेक्युरिटि एस डिएन बिएचडी मलेसियाका डातो श्री गन्धी,डातुक कृष्नान आरए इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सि प्रा.लि काठमाडौँका वल बहादुर थापा, अगम कार्की ( काजी ) , भिमबहादुर विश्वकर्मा परिवारका तर्फबाट बालकुमारी सुवेदी, महेन्द्र थापा ,योगेन्द्र भण्डारीको उपस्थितीमा चेक हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia