इटहरी । सुनसरीको इटहरीमा शनीबार नेपाल तामाङ युवा धेदुङ नगर कमिटी पुनर्गठन गरिएको छ । इटहरीका सुमन योञ्जनको अध्यक्षतामा २३ जना सदस्य रहने गरी नयाँ समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा मनिता योञ्जन र नवीन तामाङ चयन भएका छन भने ,सचिव,सह सचिव, कोषाध्यक्ष , सह कोषाध्यक्षमा क्रमशः सुवास योञ्जन , सरिता योञ्जन , डोमा योञ्जन , सुजन तामाङ चयन भएका छन भने बाकी सबै सदस्यमा चयन भएका छन ।समिती गठन पछि नवनिर्वाचित अध्यक्ष सुमन तामाङले युवा वर्गलाइ लक्षित गरी विभिन्न सीपमुलक कार्यक्रममा जोड दिइ नगर विकासमा प्रेरित बनाउने बताए ।

उनले आफ्नो कार्यकाल अवधिभर संस्थाको हितमा रहेर काम गर्ने प्रतिवद्धता जाहेर गरे । कार्यक्रम नेपाल तामाङ धेदुङ इटहरी उपमहानगर कमिटिका अध्यक्ष मोहन लोप्चनको अध्यक्षतामा र धेदुङ सुनसरी जिल्ला उपाध्यक्ष हस्त तामाङको प्रमुखआतिथ्यमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia