इटहरी । नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले इलाम २ मा सुहाङलाई उठाउने निर्णय गरेको हो।
२०७९ मंसिरको निर्वाचनमा विजयी एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २५ गते राति हृदयाघातबाट निधन भएपछि उक्त क्षेत्र रिक्त थियो।
सुवास नेम्वाङको निधनपछि रिक्त उक्त क्षेत्रमा एमालेले उनका कान्छा पुत्र सुहाङलाई उठाउने निर्णय गरेको हो।सुहाङ पेशाले कानुन व्यवसायी हुन्। उनी फुटबल क्लब पनि चलाउँछन्। सुहाङ इलाममा सामाजिक काममा पनि सक्रिय छन्।








