झापा । झापाको भद्रपुर विमानस्थलबाट प्रहरीले चाँदीसहित एक जना महिलालाई पक्राउ गरेको छ । शुक्रबार बेलुका साढे ६ बजे बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं जान लागेकि
महिलाको झोला प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको २ किलो ५ ग्राम चाँदीको डल्लो २ थान र भारतीय रुपैयाँ २८ हजार ५ सय बरामद भएको थियो ।

पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरीङ रहेकी छिन् । अवैध चाँदीसहित पक्राउ परेकी उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia