मोरङ। मोरङको बिराटनगर महानगरपालिका-१८ स्थितमा पौडी खेल्ने क्रममा १ जना बालकको डुवेर मृत्यु भएको छ । हिजो दिउँसो बिराटनगर-१८ का छोटेलाल शर्माको १४ बर्षीय छोरा राज शर्मा करिव १५/२० फुट गहिरो पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

मृतक लाशलाई प्रहरी र स्थानियबासीको सहयोगमा पानीबाट बाहिर निकाली पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाईएको छ भने घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia