सिरहामा हत्या आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढीमाई नगरपालिका–१२, ठठियाका ३० वर्षीय राकेश यादवको हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँपालिका–१, गौराहाका २० वर्षीय आनन्द सदायसहित पाँचजना छन् । सोमबार(हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।गएको शनिबार राति उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको उपचारका क्रममा मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण
इटहरी। इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका ल...
समानुपातिकतर्फ घण्टीको वर्चस्व, माटोले ल्यायो ३ लाख मत
काठमाडौं — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ। मतगणनाक...
आचारसंहिता उल्लङ्घनमा पाँच उम्मेदवार र दुई सङ्घलाई आयोगको स्पष्टीकरण माग
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पाँच उम्मेदवार र दुई सङ्घसंस्थालाई स्पष्टीकरण माग गरेको छ। आ...
क्यूआर भुक्तानीमा ठगी बढ्दा राष्ट्र बैंकको सतर्कता आग्रह
काठमाडौं । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि ...
नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इनरुवा— नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। इन्सेक सुनसरीले आयो...
सिमरामा झडपपछि विमानस्थल बन्द, अवस्था तनावग्रस्त
बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ। काठमाडौँबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल तथा नेता महेश बस्नेत सिमरा जाने ...










