मोरङको सुन्दरहरैँचामा कुखुरा फार्म भित्र सञ्चालकको हत्या भएको छ । बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका-१ मा रहेको कुखुरा फार्मभित्र सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज कार्कीका अनुसार मृतक बजगाईंको टाउको क्षतविक्षत अवस्थामा रहेको छ । घटनास्थलमा बञ्चरो र दाउ भेटिएको उनले बताए ।

प्रहरीका अनुसार बजगाईं बिहान ८ बजेतिर कुखुरा फार्ममा जान घरबाट हिँडेका थिए । कुखुरा फार्ममा एक दम्पती बस्ने गरेको र घटनापछि उनीहरू फरार भएका छन् । कुखुरा फार्मभित्र हत्या भएको र काम गर्ने दुवै जना फरार रहेकाले बजगाईंको हत्यामा कामदारकै संलग्नता रहेको हुन सक्ने प्रहरीको आशंका छ । मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia