- सुरेन्द्र मेहता

इनरुवा । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड रामनगर भुटाहा शाखाले आइतबारदेखि कारोबार संचालनमा ल्याएको छ । सुनसरीको दक्षिणवर्ती सिमाना संग जोडिएको रामनगर भुटाहा तथा आसपासका सेवाग्राहिलाई मध्य नजर गर्दे बैंकले शाखा बिस्तार संगै कारोबार सुरु गरेको हो।

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले साउन ३० गते आइतबार देखि हरिनगर गाउँपालिका वडा नम्बर २ रामनगर भुटाहा बजारमा तीन जना कर्मचारीहरु सहित शाखा कार्यालय संचालन गर्दे कारोबार सुरु गरेको शाखा प्रबन्धक महम्मद अफरोज खानले जानकारी दिइएको छ ।

प्रबन्धक खानका अनुसार शाखामा साहयक प्रबन्धकमा बेचन कुमार साह, नगद साहयकमा रोसन कुमार मेहता सहित तीन जना कर्मचारी खटाइएको छ। राष्ट्रिय बाणिज्य बैंक भुटाहा शाखाले कारोबार संचालनमा आएपछि स्थानीय बासिहरुलाई अब कारोबार गर्न इनरुवा विराटनगर जानू नपर्ने भएपछि स्थानीय उत्साहित बनेका छन। सेवाग्राहिहरुले ५० भन्दा बढी खाता एकै दिनमा संचालनमा आएको भुटाहा शाखाका प्रबन्धकले खानले बताए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia