विराटनगरमा प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिएको छ। प्रहरीको गाडी पल्टिँदा ३० जना प्रहरी घाइते भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टेको हो।

बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा त्यसमा सवार प्रहरी घाइते भएका छन्।

घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ।

प्रहरीका अनुसार सडकमा बालकलाई जोगाउन खोज्दा प्रहरीको गाडी दुर्घटनामा परेको हो।

सडकको नालामाथि पल्टिएको गाडी डोजरको सहायताले उठाएर हटाइएको प्रदेश प्रहरी कार्यालय, रानीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia