इनरुवा । आदिवासी दिवसको अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भोली शुक्रबार एक दिन आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानुनमन्त्रालयले सो बिदाको जानकरी एक सुचना जारी गर्दै जनाएको हो।








