मोरङको ग्रामथान गाउँपालिकाबाट १८ लाख रूपैयाँ सहित ९ जना जुवाडे पक्राउ परेका छन्। ग्रामथान गाउँपालिका-४ कटहरा टोलस्थित बाँसघारीबाट शनिबार राति ८ बजे जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो।

मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार जुवा खेलाइएको गोप्य सूचनापछि जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, हरैँचा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा पुगेको थियो।

जुवा खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ परेका छन्।

जुवा खेलिरहेको ठाउँबाट १६ थान कौडा, १२ बुक तास, २ बट्टा पाउडर, १५ थान मोबाइल र १८ लाख नगद बरामद गरिएको एसपी कार्कीले जानकारी दिए।

पक्राउ परेका जुवाडेहरुलाई इलका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ । उनीरुलाई आज जुवा ऐन अन्तर्गत मोरङ अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गर्ने प्रहरीले तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia