विराटनगर। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिश्वासको मत प्राप्त गरेका छन् । कोशी प्रदेश सरकारमा दुई तिहाइ मत सहित उनले बिश्वासको मत प्राप्त गरेका छन् । विभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ।
त्यस्तै नेकपा एस समाजबादिका २ जनाले मतदान गरेनन् । आजको सभामा प्रदेश सभाका सदस्य ८३ उपस्थिति रहेका थिए ।
यस अघि मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते बिश्वासको मत लिएका थिए ।
गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि आज पुन बिश्वासको मत लिनुपरेको हो।
कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन् ।
नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ नेकपा एकीकृत समाजबादिका ४ र जसपाको एक प्रदेश सभा सदस्य छन् । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली काँग्रेसको सरकार छ।