धनकुटाको पाख्रीबासमा बोलेरो पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १ ज २६३९ नम्बरको उक्त पिकअप पाख्रीबास नगरपालिका-३ जौटारमा बिहीबार राति सवा ९ बजे १ सय ५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चालक पाख्रीबास नगरपालिका-९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिराहा जिल्लाको लहान नगरपालिका-५ का प्रमोद मल्लिक रहेका जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

सहचालक मल्लिकको घटनास्थलमा नै मृत्यु भएको थियो भने चालक तामाङको गम्भीर घाइते भएर जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जनाइएको छ ।
दुवै शव जिल्ला अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia