रक्तचन्दनसहित काठमाडौंको पेप्सीकोलाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर १४ का ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक घर भई पेप्सीकोला बस्दै आएका ४० वर्षीय ज्ञानबहादुर तिमल्सिना रहेका छन्।

रक्तचन्दन कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरू दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए।

‘उनीहरूको साथबाट बोरा र डोरी छुट्याएर जोख्दा ४ सय ३२ किलो रक्तचन्दन फेला परेको छ’ एसपी आचार्यले भने।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी आचार्यले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia