धारिलो हतियार प्रहार गरि धरानमा एक जनाको हत्या भएको छ। हत्या हुनेमा सुनसरीको धरान उपमहानगरपालिका-१५ मा सदन रोड बस्ने २१ वर्षीय रिजन राइ रहेका छन्।
आफ्नै साथीहरूसँग बसेर चिया खाएको र पैसा तिर्ने विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी उनको हत्या भएको छ।

रिजनको हत्यामा सम्लग्न धरान-१३ का १८ वर्षीय उत्सव मगर , २१ वर्षीय विश्रान्ती मगर , धरान-८ का २२ वर्षीय रोमन गुरुङ , १७ वर्षीय प्रस्थान राई र धरान-५ का २१ वर्षीय सुदिप तामाङलाइ पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।








