बलात्कार मुद्दामा सात वर्ष कैद तोकिएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। रुपन्देहि जिल्लाको शुद्धोधन गाउँपालिका–२ का सोलिन्द्रर अहिरलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत बुटवल रूपन्देहीले बलात्कार मुद्दामा अहिरलाई २०७८/०९/०२ गते सात वर्ष कैद सजायको फैसला सुनाएको कपिलवस्तुका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए।
इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा सुराकका आधारमा माघ ७ गते उनलाई पक्राउ गरेको थियो। प्रहरीले मंगलबार अहिरलाई अदालतमा उपस्थित गराएको थियो। अदालतको आदेशले अहिरलाई तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।








