हिउँ चितुवाको छाला र हड्डीसहित दुई जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले हिउँ चितुवाको छाला र हड्डीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।
मंगलबार साँझ ५ बजेतिर भरतपुर-१० मालपोत चोक नजिकैबाट शंकास्पद व्यक्तिहरुलाई पच्छाउँदै जाँदा नियन्त्रणमा लिइएको संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए।उनीहरुको विषयमा नियमानुसार अनुसन्धान सुरु गरिएको उनले बताए।








