प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन् ।विराटनगरमा बुधबार सम्पन्न दोश्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरि प्रदेशको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भएका छन् । प्रदेश कमिटीको सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती निर्वाचित भए ।
अधिवेशनमा आयोजक र प्रतिनिधि गरि १५६ जनाको सहभागिता रहेको प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia