उदयपुरको कटारी नगरपालिका १ मा मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु भएको छ ।घटनामा मोटरसाइकलमा पछाडि सवार एक जना घाइते भएका छन् ।प्रदेश २-०१-००३ प १३०४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल झर्दा दुर्घटना भएको हो ।
दुर्घटनामा कटारी ७ का २३ वर्षीय रविन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा सिरहा धनगढीमाईका २३ वर्षीय किरण तामाङको धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाबारे थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








