काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ सुनसहित चारजना विदेशी पक्राउ परेका छन् । आज पौने ४ किलो सुनसहित तीन महिला र एक पुरुष पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरु उज्बेकिस्तानका अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । तुर्सुनोभ बाहेक अरु सबै महिला हुन् । उनीहरू फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट नेपाल आएका थिए । थप अनुसन्धान भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia