काठमाडौँ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको प्रक्रिया त्रिभुवन विश्वविद्यालयले सुरु गरेको छ । निर्वाचन कार्यतालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ ।

त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।

त्रिविका आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पसमा सोमबार बेलुका सम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका छन्।

त्रिविले ‘स्ववियु निर्वाच सम्बन्धी निर्देशिका’ आचारसंहिता समेत जारी गरिसकेको छ । चैत ५ गते एकै दिन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia