इनरुवा। सुनसरीलाई केन्द्रबिन्दु बनाएर पत्रकारीता गर्दै आएका देवराज यादवलाई कुटपिट गरिएको छ।
कोशी गाउँपालिका वडा-८ स्थित कोशी केयर हस्पिटलका सञ्चालक सुबोध यादवले कुटपिट गरेको र ज्यान मार्ने धम्कि समेत दिएको पत्रकार यादवले बताएका छन्।
चैत्र १ गते राति अस्पतालको भिडियो किन खिचेको भन्दै अस्पताल सञ्चालक सुबोध यादवले हातपात तथा दुर्ववहार गरि कुटपिट गरेको पत्रकार यादवले बताएका छन्। घटना पश्चात घाइते पत्रकार यादव भोक्राहा नरसिंहमा रहेको सप्तकोशी न्युरो अस्पतालमा भर्ना भै औषधि उपचार गराइ घर फर्केका छन्।

कुटपिट गर्ने व्याक्तिलाइ कानुन अनुसार हदै सम्मको कारवाही गर्न प्रशासन संग पत्रकार यादवले माग राखेका छन्।
सुनसरीका जिल्ला अधिकारी प्रमुख धर्मेन्द्र कुमार मिश्र यस विषयमा निकै नै गम्भीर रहेको बताउनु भएको छ। कोही कसैमाथि हातपात गर्नु दन्डनिय अपराध हो। अझ पत्रकारको सुरक्षा राज्यको दायित्व हो। वहाँका अनुसार सुनसरी जिल्ला प्रहरी र हामी निकै नै गम्भीर छौ, पत्रकार माथि हातपात गर्नेलाइ कानुन अनुसार कडा भन्दा कडा कारबाही हुनेछ र हामीले प्रकृया पनि सुरु गरिसकेका छौ।
आजै जिल्ला प्रमुख मिश्र घाइते पत्रकार यादव संग उपचारको क्रममा सप्तकोशी न्युरो अस्पताल पुगि भेट गर्नुभएको छ।
कुटपिट गरेको भनिएको व्यक्ति सुवोध यादव संग यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। सुवोध यादव औषधि उपचारकालागि अस्पतालमा रहेको उनका आफन्तले फोन सम्पर्कमा बताए।








