काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बनमा परेका छन् । महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ नदिए पछि उनी निलम्बनमा परेको जनाइएको छ।

गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो। तर, पाण्डेले चित्तबुझ्दो जवाफ नदिएपछि ६ महिनाको लागि निलम्बन गरिएको हो । उनी निलम्बनमा परे पछि काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाइ दिइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia