फेसबुकद्वारा डिजिटल मुद्राको विज्ञापनमा लगायो रोक
काठमाडौं, २० माघ । सामाजिक सञ्जालहरु फेसबुक र इनस्टाग्राममा ‘ बिटक्वाइन’ जस्ता भर्चुअल मुद्राको विज्ञापनमा रोक लगाइएको छ ।फेसबुकले कुनै पनि प्रकारको डिजिटल मुद्रा (क्रिपटोकरेन्सी), इनिसिलय क्वाइन अफरिङस र बाइनरी अप्सन्सको ट्रेडिङको विज्ञापनलाई आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाएको हो ।
साथै कम्पनीको अन्य एप्सजस्तै म्यासेन्जर, अडियन्स नेटवर्क तथा इन्स्टाग्राममा पनि डिजिटल मुद्राबारे कुनै प्रकारको व...












