नेदरल्याण्डस्थित एम्सटर्डमको एउटा टिभी च्यानलले एकदमै अचम्मको परीक्षण गरेको छ । उक्त मिडियाको एक समूहले मिलेर त्यहाँको बजारबीचमा सेक्स डलहरु राखिदिएका छन् । त्यहाँ सेक्स डलहरुको वेश्यालय बनाइएको छ । साथै मानिसहरुलाई त्यहाँ आउनका लागि अपिल पनि गरिएको छ । सेक्स, ड्रग्सजस्ता विषयहरुमाथि डक्युमेन्ट्री बनाउने उक्त च्यानलका एकजना सदस्य थिज्स भरहेजीले सेक्स डलहरुको विषयमा संसारभरी विभिन्न प्रतिक्रिया आइरहेको र महिलाहरुको स्थानमा ति डलहरुको वेश्यालय बनाउँदा यसको नतिजाबारे जान्न उत्सुक भएर त्यस्तो प्रयोग गर्न लागिएको बताएका छन् ।
वैज्ञानिकहरुले पनि आउने समयमा सेक्स डल मानव जिन्दगीको एउटा प्रमुख हिस्सा बन्ने बताएको भरहेजीले जानकारी दिए । उनका अनुसार २०३० सम्म उक्त डल धेरैजसो घरहरुमा पाइने र मानिसहरु तिनीहरुका साथ शारीरिक आनन्द महसुस गर्नसक्ने बताए ।उक्त च्यानलका केही विज्ञहरुले सेक्स डलका कारणले यौन अपराधमा पनि कमि आउन सक्ने साथै गैरकानूनी ढंगबाट चलिरहेका वेश्यालय पनि बन्द हुनसक्ने बताएको जनाएको छ । टिभी च्यानलमा त्यस डलको प्रयोगका लागि ४ हजार रुपयाँ तिरिएको बताइएको छ । यसको प्रयोगपछि मानिसहरुलाई यसको भविष्यको बारेमा प्रश्न गरिने बताइएको छ । यसमाथि बनाइएक डक्युमेन्ट्री अर्को हप्ता सार्वजनिक हुने पनि बताइएको छ ।









