हेलिकोप्टर दुर्घटना : इनरुवाकी नर्स निशा तामाङ बिरामीकै सेवा गर्दागर्दै ज्यान गुमाइन्
२६ साउन, काठमाडौं । सोमवार दुर्घटनामा परेको हेलिकोप्टरमा एकजना नर्स पनि थिइन्, जो बिरामीकै सेवामा थिइन् । इनरुवाकी निशा तामाङ गोरखामा रहेर नर्सिङ सेवा दिइरहेकी थिइन् । बिरामीलाई काठमाडौं ल्याउनुपर्ने भएपछि उनी सँगै काठमाडौं आउनु परेको थियो । ड्युटीमा खटिएकी उनी अन्य ७ जना सहित सदाका लागि बिदा भइन् ।
उनी अघिल्लो रात पनि एकजना सुत्केरीको अवस्था जटिल भएकाले राति ३ बजे मात्रै सुतेको उनका साथीहरु...











