बुद्ध जयन्तीकै दिन लहानमा रगतको खोलो बग्यो
राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिइयो
८ जेठ।आज अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्ती । तर, आजकै दिन सिरहाको लहान नपा १७ स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिइएको छ । मनोकांक्षा पुरा भएकाहरू हजारौं बोका तथा परेवा, हाँस लगायतका पशुपक्षीको बली चढाएपछि मन्दिर क्षेत्रमा रगतको खोलो बगेको हो। मन्दिर परिसर बिहानैदेखि रग्ताम्मे बनेको छ।
करिब १० हजार ...












