१७ जेठ, रविन्द्र साह, सप्तरी। मिथिला विभुती दीना भद्री गाथा विमर्श गोष्ठि आईतबार राजविराजमा सम्पन्न भएको छ । मैथिली साहित्य परिषदको संयोजन तथा नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाण्डौको आयोजनामा आयोजित सो गोष्ठिमा सहभागिहरुले मिथिलाका विभुति दीना भद्रीलाई राज्यले उचित संरक्षण सम्वद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

मैथिली साहित्य परिषदका अध्यक्ष शुभचन्द्र झाको अध्यक्षता तथा प्रतिष्ठानका सदस्य रमेश रंजनको प्रमुख आतिथ्यमा आयोजित सो गोष्ठिमा रिषि वशिष्ठ, रघुनाथ मुखिया, डा. तरानन्द वियोगि, डा. परमेश्वर कापडी, देवेन्द्र मिश्रले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोही गोष्ठिमा प्रा. पिताम्बर लाल यादवले दिना भद्रीको जीवनी बारेमा जानकारी दिनुभएको थियो ।कार्यक्रममा दिना भद्री गाथा गाउने गायक सातैनलाई ५ हजार १ सय नगद तथा पाग लगाएर प्रतिष्ठानका सदस्य रमेश रंजनले सम्मान गर्नुभयो । यस्तै कार्यपत्र माथी विभिन्न व्यक्तिहरुले टीप्पणी समेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia