इनरुवाका पुरुष कोशी अस्पतालको शौचालयमा मृत भेटिए

इनरुवाका पुरुष कोशी अस्पतालको शौचालयमा मृत भेटिए
इनरुवा ५ घर भई इनरुवा ३ बस्दै आएका ६१ वर्षिय होमराज पोखरेल कोशी अस्पताल बिराटनगरको शौचालयमा मृत भेटिएका छन ।अस्पतालको ओपिडी भवनको शौचालमा घोप्टो परेको अवस्था उनको शव भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएका पोखरेलको परिचय उनीसँगै साथमा रहेको पूर्जाका आधारमा खुलेको हो । मोरङ प्रहरीले दिएको जानकारी अनुसार मृतकको साथमा जिल्ला अस्पताल इनरुवाको ओपिडी पूर्जा भेटिएको छ ।प्रहरीले मृत भेटिएका व्यक्ति इनर...

कार्यालय प्रमुखमा कोरोना देखिएपछि सुनसरी मालपोतको सेवा बन्द

कार्यालय प्रमुखमा कोरोना देखिएपछि सुनसरी मालपोतको सेवा बन्द
इनरुवा । कार्यालय प्रमुखमा कोरोना देखिएपछि भुमिसुधार तथा मालपोत कार्यालय इरुवा सुनसरीको सेवा एक साताका लागि बन्द गरिएको छ । मातपोत कार्यालयले सुचना जारी गर्दै कार्यालयको आन्तरीक प्रशासनिक र भुमि सुधार फाँट बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने जनाएको छ । कार्यालयले जारी गरेको सुचनामा सेवाग्राहीको स्वास्थ्य सुरक्षा र सम्वेदनशीलतालाई मध्यनजर गर्दै भदौ ७ गतेबाट १४ गते सम्म कार्यालयको कामकाज बन्द रह...

प्रदेश सरकार सदनप्रति गैर जिम्मेवार: नेता कोइराला

प्रदेश सरकार सदनप्रति गैर जिम्मेवार: नेता कोइराला
इनरुवा। एक नम्वर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले प्रदेश सरकार सदनप्रति गैर जिम्मेवार रहेको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिकाबाट प्रकाशित सुरसेर राष्ट्रिय दैनिक पत्रिकाको विमोचन कार्यक्रमलाई मङगलबार सम्बोधन गर्नुहुदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो । अहिले प्रदेश अधिवेशन चलिरहेका बेलामा बीचमै अचानक अन्त्य गर्नुले प्रदेश सरकारको सदनप्रतिको गैर जिम्मेवारीपन उदांगिएको...

सुनसरीमा ३२ गते सम्म निषेधित क्षेत्र कायम रहने

सुनसरीमा ३२ गते सम्म निषेधित क्षेत्र कायम रहने
सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि भोली राती सकिनेमा अब ३२ गते सम्म कायम रहने छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई साउन ३२ गते राती सम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको हो । स्थानीय तहहरुमा स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिदै गएकाले जिल्लामा लागु गरिएको निषेधित क्षेत्र थप ६ दिन कायम राख्ने...

इनरुवाका १०० जना सबैको रिपोर्ट नेगेटिभ

इनरुवाका १०० जना सबैको रिपोर्ट नेगेटिभ
साउन २१ गते इनरुवा बसपार्कमा स्वाब दिएका एक सय जना सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय नेता तथा औषधी व्यवसायी योगेन्द्रप्रसाद मेहतामा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगको कन्ट्याक ट्रेसिङका आधारमा एक सय जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित पुरुषको परिवारका सदस्य सहित सबैको रिपोर्ट नेगेटिभ आएको हो । स्वाब संलकन गरिएकाहरुमा अधिकांश नेपाली कांग्रेस आवद्ध नेता तथा कार्यकर्ताहर...

अस्पतालमा वेड अभाव हुँदा सुनसरीमा वैकल्पिक व्यवस्था गरिदै

अस्पतालमा वेड अभाव हुँदा सुनसरीमा वैकल्पिक व्यवस्था गरिदै
कोभिड अस्पतालहरुमा संक्रमित राख्न वेड अभाव हुन थालेपछि सुनसरीमा वैकल्पिक व्यवस्था गर्न थालिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुलाई राख्न सुनसरीमा खाली भवनको खोजी थालिएको छ । वेड अभावका कारण संक्रमितले होम आइसोलेसनमै बस्नु पर्ने अवस्था देखिएपछि पोजेटिभ पाइएका व्यक्तिहरुको उचित व्यवस्थापनकालागि विकल्प खोज्न थालिएको हो । स्वास्थ्य कार्यालय सुनसरीले संक्रमितलाई सुरक्षित साथ राख्नको ल...

समुदायमा कोरोनाको जोखिम बढेसंगै इनरुवामा समेत पीसीआर परीक्षणलाई तिव्रता (भिडियो)

समुदायमा कोरोनाको जोखिम बढेसंगै इनरुवामा समेत पीसीआर परीक्षणलाई तिव्रता (भिडियो)
समुदायमा कोरोनाको जोखिम बढेसंगै इनरुवामा समेत पीसीआर परीक्षणलाई तिव्रता दिएको छ। भिडियोकालागि तल क्लिक गर्नुहोसः https://www.facebook.com/inaruwaonline/videos/573871703283444/?t=0 https://www.facebook.com/inaruwaonline/videos/1420048318185651/?t=2 https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2

इनरुवामा एकैदिन एक सय जनाको स्वाब संकलन

इनरुवामा एकैदिन एक सय जनाको स्वाब संकलन
इनरुवा/आज इनरुवा क्षेत्र भित्रका १ सय जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएका हरुमा सुनसरी जिल्ला अदालत सहित सरकारी वकिल कार्यालयका केही कर्मचारी, बजार क्षेत्रका स्थानीय सहित नेताहरु रहेका थिए । समुदायमा कोरोनाको जोखिम बढेसंगै जिल्लाभर परीक्षणको दायरा बढाइदा पछिल्लो एक सातायता इनरुवा क्षेत्रमा समेत पीसीआर परीक्षणलाई तिव्रता दिइएको छ । आज स्वाब संकलन गरिएकाहरुमा अधिकांशजसो इनरुवाका स्था...

सुनसरीमा २६ गते सम्म निषेधित क्षेत्र घोषणा

सुनसरीमा २६ गते सम्म निषेधित क्षेत्र घोषणा
कोरोना संक्रमणको जोखिम थप बढ्दै गएपछि सुनसरीलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बढ्दो जोखिम कम गर्न भिडभाड रोक्न आवश्यक भएको निष्कर्श सहित निषेधित क्षेत्र घोषणा गरेको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार साउन २६ गते सम्मकालागि जिल्लाभर निषेधित क्षेत्र लागु रहने छ । प्रजिअ पोखरेलले स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिने ...

साउन २६ सम्म इनरुवा नगरक्षेत्र पुर्ण लकडाउन

साउन २६ सम्म इनरुवा नगरक्षेत्र पुर्ण लकडाउन
इनरुवा। कोरोना भाइरसको माहामारीलाई न्युनिकरण गर्न इनरुवा नगरपालिकाले समेत नगरक्षेत्र भित्र पुर्ण लकडाउनको निर्णय गरेको छ। साउन २० गते साझ ४ बजे देखि साउनको २६ गते सम्मकालागि लकडाउनको घोषणा गरिएको हो। आज इनरुवा नगरपालिकामा सरोकारवालाहरु संगको बैठकमा नगरक्षेत्रका अतिआवश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको नगर प्रमुख राजन मेहताले जानकारी दिए। नगरक्षेत्र भित्र रहेका बैक तथा वित्तिय संस्थ...
trusted online casino malaysia