भारतीय प्रधानमन्त्रीका नाममा सडकका नेपालीले ज्यान गुमाए
काठमाडौं, असार ११ / आतंकवादी हमलामा परी अफगानिस्तानमा ज्यान गुमाएका १३ नेपालीलाई नेपाल सरकारले तत्काल राहत घोषणा गरेको छ। उनीहरूको शव लिन जहाज पठाएपछि जनस्तर तथा सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दिनभरी वाहवाही पाए। लगत्तै उनी विमानस्थल नै पुगेर दिवंगतप्रति पुष्पअर्पण गरेर राज्यको तर्फबाट मेहनतकस नागरिक प्रति यथोचित सम्मान पनि देखाए।
यो घटना केही टाढाको थियो। तर नेपालसँग सीमा...












