चितवन निकुञ्जबाट कोशी टप्पु पठाइए अनाथ पुष्पा र अञ्जली

चितवन निकुञ्जबाट कोशी टप्पु पठाइए अनाथ पुष्पा र अञ्जली
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैंडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ। दुई गैंडालाई छुट्टाछुट्टै खोरमा राखेर कोशी पठाइएको हो। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज बिहान ११ :३० बजे ती गैंडा खोरमा राखेर कोशी पठाइएको हो। गैंडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी गएको छ। वरिष्ठ ...

सर्वोच्चले सोध्यो ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण

सर्वोच्चले सोध्यो ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण
काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण मागेको छ । आज (मंगलबार) न्यायाधीश विनोद शर्माको इजलासले विपक्षी नेपाल सरकार, सीआईबीलगायतलाई कारण देखाउ आदेश जारी गरेको हो । माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा चलाउनु नपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिएको छ । शक्...

असोज २१ देखि ठाउ ठाउमा दसैं सहुलियत पसल: ५० रुपैंयाँसम्म छुट पाइने, कहाँ कहाँ खुल्दैछन ?

असोज २१ देखि ठाउ ठाउमा दसैं सहुलियत पसल: ५० रुपैंयाँसम्म छुट पाइने, कहाँ कहाँ खुल्दैछन ?
काठमाडौँ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । मंसिर ३ गतेसम्म यस्ता पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । ‘दशैं, तिहार र छठ पर्वका लागि २१ असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले भने, ‘सहुलियतपूर्ण पसलमा उपभोक्त...

कोशीका नव नियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

कोशीका नव नियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
मोरङ । कोशी प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीद्वय लिलाबल्लभ अधिकारी र बुद्धिकुमार राजभण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री हिक्मत कार्कीले अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राजभण्डारीलाई ऊर्जा, खानेपानी तथा ...

आमाको मात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको परमादेश

आमाको मात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको परमादेश
काठमाडौँ । सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ । बुवाको नाम नराखेर पनि नागरिकता दिन सकिने गरी सर्वोच्चले आदेश जारी गरेको हो । ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिलाले कुमारी अवस्थामै छोरी जन्माएको र बुवा सम्पर्कविहीन भएको जनाउँदै २०७८ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । आफू प्रेम सम्बन्धमा रहेका बेला गर्भवती भएको र त्यसपछि विवाह नगरी पुरुष सम...

इन्द्रजात्रामा २० जना बिदेशी पाहुनालाई जात्रा हेर्न निमन्त्रणा

इन्द्रजात्रामा २० जना बिदेशी पाहुनालाई जात्रा हेर्न निमन्त्रणा
काठमाडाैं। काठमाडौं महानगरपालिकाले काठमाडौंको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका २० जना बिदेशी पाहुनालाई जात्रा हेर्न आमन्त्रण गरेको छ।इन्द्रजात्राका सन्दर्भमा सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महानगरले भगिनी सम्बन्ध भएका चीन, अमेरिका, जापान लगाएत देशका बिभिन्न नगरका २० जना नगर प्रमुखहरु इन्द्रजात्रा अवलोकनका लागि आउने निश्चित भइसकेको जनाएको हो। त्यस्तै म...

बजारमा चिनी अभाव, अनुगमन टोलीले भेट्टायो लेवलिङ नभएको ७० हजार केजी

बजारमा चिनी अभाव, अनुगमन टोलीले भेट्टायो लेवलिङ नभएको ७० हजार केजी
काठमाडौं । काठमाडौंको कुलेश्वरमा लेवलिङ नभएको ७० हजार किलो चिनी फेला परेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा एक व्यापारिक फर्मले भण्डारण गरिराखेको अवस्थामा ७० हजार किलो चिनी फेला पारेको हो।विभागका निर्देशक आनन्दराज पोखरेलका अनुसार ठूलो मात्रामा फेला परेको चिनीको बोरामा लेवलिङ छैन। बिक्री वितरणका लागि राखेको चिनीमा कैफियत देखिएको विभागले जनाएको छ। ‘७० हजार केजी चिनी...

एमालेकाे बागमती प्रदेश अधिवेश शुरु : ड्रोनले ब्यानर उडायो, रिमोर्टले दियो बाल्यो

एमालेकाे बागमती प्रदेश अधिवेश शुरु : ड्रोनले ब्यानर उडायो, रिमोर्टले दियो बाल्यो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको पहिलो बागमती प्रदेश अधिवेशन शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डमा एमालेले अधिवेशन उद्घाटन समारोहलाई हाइटेक बनाएको छ । ड्रोनले अधिवेशनको ब्यानर उडयो भने रिमोट कन्ट्रोलरबाट दियो बालिएको छ । देश संघीयतामा गएपछि एमालेले पार्टीलाई संघीय संरचनाअनुसार पुनःसंरचना गरे पनि प्रदेशको अधिवेशन पहिलो पटक हुन लागेको हो । अधिवेशनले नयाँ प्रदेश कमिटी चयन गर्नेछ । अधिवेश...

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

नेपाल र चीनबीच १३ बुँदे सम्झौता
काठमाडाै । नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे सम्झौता भएको छ। सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो। विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा परियाेजनामा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। सम्झौताको औपचारिक जानका...

प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबीच भेटवार्ता, चिनियाँ सेनाले दियो ‘गार्ड अफ अनर’

प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबीच भेटवार्ता, चिनियाँ सेनाले दियो ‘गार्ड अफ अनर’
बेइजिङ । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए । केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस...
trusted online casino malaysia