एमसीसी आजदेखि कार्यान्वयनमा जाँदै, पाँच वर्षभित्र सक्नु पर्ने
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान परियोजना आज (बुधबार) देखि कार्यान्वयन हुँदैछ । करिब ७० अर्ब अमेरिकी र नेपाली रकमसहितको यो परियोजना आज कार्यान्वयनमा गएर अब ठीक पाँच वर्षपछि सकिने छ ।
परियोजना कार्यान्वयन सुरु भएको पाँच वर्षभित्र सकिनु पर्ने बाध्यतात्मक व्यवस्था छ । त्यसैका लागि एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट नेपालको संसद अनुम...












