अध्यादेशमार्फत आयो कोशी प्रदेशको बजेट, कांग्रेस–माओवादीसहित दलको बहिष्कार
इटहरी । कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०-०८१ को बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै बजेट सार्वजनिक गरिरहेका हुन् । उनले कृषि क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको जानकारी गराएका छन् ।
कोशीमा एमाले नेतृत्वको अल्पमतको सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गराएर बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको छ । अल्पमतमा परिसकेको सरकारले विश्वासको म...












