इटहरीको गल्ली गल्लीमा अवैध म्यानपावर : अनुगमन आउँदा व्यवसायीको भागाभाग, पाँचवटामा ताला

इटहरीको गल्ली गल्लीमा अवैध म्यानपावर : अनुगमन आउँदा व्यवसायीको भागाभाग, पाँचवटामा ताला
इटहरी । सुनसरीको इटहरीस्थित विभिन्न म्यानपावर कम्पनीहरूको शाखामा वैदेशिक रोजगार विभागले शुक्रवार छड्के अनुगमन गरेको छ । सम्बन्धित निकायबाट अनुमति नै नलिई शाखा खोलेर व्यवसाय सञ्चालन गरेको मौखिक उजुरीको आधारमा विभागले अनुगमन गरेको हो ।अनुगमनकै क्रममा विभागको टोलीले इटहरीको पाँचवटा अवैध मेन पावरका शाखाहरूमा ताला समेत लगाएको छ । टोलिले महेश थापाद्वारा सञ्चालित एडभान्स म्यानपावर , विदुर गुरुङको वर्ल्ड ...

विराट नर्सिङमा काटिएको हात जोडियो

विराट नर्सिङमा काटिएको हात जोडियो
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नसाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नसा काटिएर आएका विरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् ।१७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काट...

मोरङको बूढीगंगाबाट २१ थान टिभी चोरी गर्ने गिरोह पक्राउ

मोरङको बूढीगंगाबाट २१ थान टिभी चोरी गर्ने गिरोह पक्राउ
मोरङ । मोरङको बूढीगंगा गाउँपालिकाबाट १ महिनाअघि एलईडी टिभी (टेलिभिजन) चोरी गर्ने गिरोहलाई प्रहरीले फेला पारेको छ ।गोदाम फुटाएर २१ थान टिभी चोरी गर्ने गिरोहका दुई जना बुधबार राति १० बजेतिर पक्राउ परेका छन् ।प्रहरीले नवीन डिस्ट्रिब्यूटर्सको झ्याल फुटाएर एक महिनाअघि टिभी चोरी गरेको घटनामा संलग्न बूढीगंगा–४ का २५ वर्षीय कोसन ऋषिदेव र १८ वर्षीय सन्दीपकुमार ऋषिदेवलाई पक्राउ गरेको हो ।विशेष सूचनाका आधारम...

प्रधानमन्त्री र रविबीच बालुवाटारमा भेटवार्ता, सरकारमा आउन आग्रह

प्रधानमन्त्री र रविबीच बालुवाटारमा भेटवार्ता, सरकारमा आउन आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शुक्रबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। प्रतिनिधि सभा सदस्यसमेत रहेका रवि प्रधानमन्त्री भेट्न बिहान साढे ८ बजे बालुवाटार (प्रधानमन्त्रीको निवास) पुगेका थिए।भेटवार्ताका क्रममा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएकामा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दि...

मोरङको राठी इण्डष्ट्रिजमा भीषण आगलागी : नियन्त्रणको प्रयास जारी

मोरङको राठी इण्डष्ट्रिजमा भीषण आगलागी : नियन्त्रणको प्रयास जारी
इटहरी । मोरङको बूढीगंगास्थित एक उद्योगमा शुक्रबार बिहानको रातिदेखि भीषण आगलागी भइरहेको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानिफ्याक्चरिङ इण्डष्ट्रिजमा बिहान २ बजेदेखि आगलागी भइरहेको प्रहरीले जनाएको छ ।इलेक्ट्रिक सामग्री (बिजुलीको बल्ब र स्वीच) बनाउँदै आएको उद्योगमा लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन...

कांग्रेस पदाधिकारी बैठक बस्दै : बालकृष्ण खाँणलाई निलम्बन गर्ने या नगर्ने ?

कांग्रेस पदाधिकारी बैठक बस्दै : बालकृष्ण खाँणलाई निलम्बन गर्ने या नगर्ने ?
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) पनि बस्दैछ । पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थितिबारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । बुधबार बसेको कांग्रेस पदाधिकारीको बैठकमा पूर्व प...

पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडाैं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न चार दिन म्याद थप गरिएको छ।बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो।महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार दिनको म्याद लिइएको हो। खाँणसँग जिल्ला प्रहरी परिसर काठमाडौंमा ५ घण्टा लामो...

सांसद शाहीको प्रश्न : जनप्रतिनिधि, कर्मचारी र बिचौलियालाई पाल्न जनताले कर तिर्नुपर्ने?

सांसद शाहीको प्रश्न : जनप्रतिनिधि, कर्मचारी र बिचौलियालाई पाल्न जनताले कर तिर्नुपर्ने?
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले डिजिटल कर प्रणाली लागू गर्न सरकारसँग माग गरेका छन्।बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन्। प्रमुख सचेतक शाहीले नागरिकले तिरेको लाखौं रुपैयाँ कर कर्मचारी र बिचौलियाको हातमा पर्न नदिन पनि आगामी आर्थिक वर्षदेखि सरकारले डिजिटल कर प्रण...

बालकृष्णको स्वास्थ्य परीक्षण कान्तिपुर अस्पतालमा, त्यसपछि अदालत लगिने

बालकृष्णको स्वास्थ्य परीक्षण कान्तिपुर अस्पतालमा, त्यसपछि अदालत लगिने
काठमाडाैं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग ५ घण्टा लामो बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको छ।बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका उनलाई अहिले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंमा पाँच घण्टासम्म बयान लिएपछि प्रहरीले खाँण र उनका सहयोगी नरेन्द्र केसीलाई स्वास्थ्य परीक्षणका लागि लगेको हो। अस्पतालमा स्वास्थ्य...

संसद सचिवालयलाई टोपबहादुरको पत्र : बिरामी भएर उपचारमा छुु

संसद सचिवालयलाई टोपबहादुरको पत्र : बिरामी भएर उपचारमा छुु
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि फरार नेकपा सचिव टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन् । संसद सचिवालय स्रोतका अनुसार उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै पत्र पठाएका हुन् । ‘पत्र आएको सुनेका छौँ, तर कुन माध्यमबाट पठाएको बुझ्दैछौ, ईमेलबाट पठाएको हुन सक्छ’, संसद् सचिवालयका एक अधिकारीले भने, ‘पत्रमा बिरामी भएर उपचारका क्रममा रहेको व्यहोरा रहेको बुझि...
trusted online casino malaysia