पूर्व गृहमन्त्री बालकृष्ण खाँण र निजी सचिव नरेन्द्र केसी पक्राउ

पूर्व गृहमन्त्री बालकृष्ण खाँण र निजी सचिव नरेन्द्र केसी पक्राउ
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण पक्राउ परेका हुन् । उनीसँगै तत्कालीन स्वकीय सचिव (निजी) नरेन्द्र केसी पनि पक्राउ परेका छन् । यसबारे थप विवरण आउन बाँकी छ ।

सप्तरीकी दुखनीदेवीले कोसी अस्पतालमा जन्माइन छाती जोडिएका जुम्ल्याहा

सप्तरीकी दुखनीदेवीले कोसी अस्पतालमा जन्माइन छाती जोडिएका जुम्ल्याहा
इटहरी । कोसी प्रदेशको राजधानी विराटनगरस्थित कोसी अस्पतालमा शरीर (छाती) जोडिएका शिशु जन्मिएका छन् । सप्तरीको कल्याणपुर घर भएकी ३७ वर्षीया दुखनीदेवी भगतले शरीरको अघिल्लो भाग जोडिएका जुम्ल्याहा सन्तानलाई जन्म दिएको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ ।नवजात शिशुको तौल साढे तीन केजी छ । शिशुको छाती जोडिएको छ । टाउको, पेटदेखि मुनिको भाग भने अलग छन् । दुवै शिशुको टाउको, आँखा, नाक, मुख, कान, हातखुट्ट...

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई एमालेले गरेन कारवाही

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई एमालेले गरेन कारवाही
काठमाडौं । नेकपा एमालेले भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले कानुनी प्रक्रियालाई सघाउनु नै उचित हुने निष्कर्ष निकालेको छ ।आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न आज (मंगलबार) ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएकाले अनुसन्धान गर्ने प्रक्रिया...

नक्कली भुटानी शरणार्थी प्रकरण : थप दुई जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण : थप दुई जना पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रविन्द्र रेग्मीले जानकारी दिएका छन् । प्रहरीले यस प्रकरणमा पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित सात जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा...

लोकल मदिरा र गाँजा खेती प्रवर्द्धन गर्ने बजेट ल्याउन सांसद घिमिरेको माग

लोकल मदिरा र गाँजा खेती प्रवर्द्धन गर्ने बजेट ल्याउन सांसद घिमिरेको माग
काठमाडौँ । नेकपा एमालेका सांसद वासुदेव घिमिरेले आगामी बजेटमा लोकल रक्सी र गाँजाखेतीलाई प्रर्वद्धन गर्नेगरी बजेट ल्याउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी बजेट तयारीबारेको छलफलमा बोल्दै सांसद घिमिरेले सो आग्रह गरेका हुन् । विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको विषयमा भइरहेको छलफलमा सहभागी जनाउँदै सांसद घिमिरेले आगामी आर्थिक वर्षका लागि यथार्थ, वस्तुपरक र वैज्ञानिक खालक...

आरजुलाई तोसिमाको प्रश्न : भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा भयो ?

आरजुलाई तोसिमाको प्रश्न : भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा भयो ?
काठमाण्डौँ । प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा पनि नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ रुपैयाँ असुल गरी नेपालीलाई अमेरिका पठाउनेहरूलाई कारबाही गर्नुपर्ने माग उठेको छ ।बैठकमा बजेट पूर्वको छलफल गर्ने कार्यसूची रहे पनि शून्य समयमा सांसदहरूले नक्कली शरणार्थी प्रकरणले देशमा भ्रष्टाचारको जालो देखाएको र विदेशमा नेपालको छवि नै धूमिल भएको भन्दै जतिसुकै भीभीआईपी व्यक्ति संलग्न रहे पनि कारबाही हुनुपर्ने...

दुई दिनमा दुई पटक नै समस्या आएपछि श्री एअरलाइन्सको विमान उडानमा रोक

दुई दिनमा दुई पटक नै समस्या आएपछि श्री एअरलाइन्सको विमान उडानमा रोक
काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ ।दुई दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको भनाइ छ ।यो जहाजको ल्यान्डिङ गियरमा अस्ति शनिवार समस्या आएकोमा आज सोमवार फेरि त्यही समस्या दोहोरिएको थियो । प्राधिकरणले जहाजको मर्मतमा संलग्न इ...

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरी कार्यालय पुगेका पूर्व गृहमन्त्री खाणलाइ सामान्य कागज गरेर छाडियाे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरी कार्यालय पुगेका पूर्व गृहमन्त्री खाणलाइ सामान्य कागज गरेर छाडियाे
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसँग प्रहरीले बयान लिएको छ । सोमबार (आज) साँझ उनलाई प्रारम्भिकरूपमा सोधपुछ गरेर ‘बयान कागज’ गराई छाडिएको प्रहरी स्रोतले बतायो ।काठमाडौं प्रहरी परिसरमा बोलाएर खाणलाई बोलाएर उक्त प्रकरकणबारे सोधपुछ गरी चाहेको बेला उपस्थित हुने खालको कागज गराइएको स्रोतले बतायो ।प्रहरी उच्च स्रोतले भन्यो, ‘घटनाको विषयमा आवश...

‘कोशी प्रदेश’ को पुन: नामाकरणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा , आमसभा देखि चक्का जाम सम्म

‘कोशी प्रदेश’ को पुन: नामाकरणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा , आमसभा देखि चक्का जाम सम्म
इटहरी । ‘कोशी प्रदेश’ को पुनः नामाकरणको माग राख्दै आन्दोलनरत प्रदेश–१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले कोशी नाम खारेजी जागरण अभियानअन्तर्गत आमसभा, बहिष्कार, तालाबन्दी, कालो झण्डा गाड्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।समितिले कोशी नामाङ्करणमा हस्ताक्षर गर्ने सांसद र प्रमुख दलका नेताविरुद्...

सांसद अमरेश सिंहविरुद्ध अख्तियारमा उजुरी

सांसद अमरेश सिंहविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आरजु देउवा निकट नेपाली कांग्रेसका नेता विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।सिंहलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ । कांग्रेसमा राजनीति गरेका अमरेश २०६३ पछि मूलधारमा देखिन थालेका हुन् । त्यसयता उनले ठूलो आर्थिक फड्को मारेको र निर्वाच...
trusted online casino malaysia