चट्याङ लागेर २ जनाको मृत्यु

चट्याङ लागेर २ जनाको मृत्यु
विराटनगर । मोरङको २ छुट्टा छुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । असोज ८ गते दिउँसो साढे १२ बजे रंगेली नगरपालिका-९ का लुखीराम हेमरमको श्रीमती २७ बर्षीय साक्रो हेमरम खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो भने सोही राती १० बजे मिक्लाजुङ गाउँपालिका-३ स्थितमा घर बनाउन गएका मिस्त्री झापा दमक नगरपालिका-४ का ३६ बर्षीय कुमार मोते घर बाहिर उभिएको अ...

आमा र छोराको हत्यामा संलग्न रहेका कटारीका मगर पक्राउ

आमा र छोराको हत्यामा संलग्न रहेका कटारीका मगर पक्राउ
उदयपुर। उदयपुरको कटारी नगरपालिका-१० स्थितमा आमा र छोराको हत्यामा संलग्न रहेका कटारी नगरपालिका-१० का ३३ बर्षीय तारा बहादुर मगरलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । कटारी नगरपालिका-१० सोरूङछबिसे स्थित घर नजिकै कोठा भाडा लिई किराना पसल गर्दै आएकि ३७ बर्षीय निर्मला थापा र उनको ६ बर्षीय छोरा आरुष थापा भदौ २० गते सुत्ने कोठामा मृत अबस्थामा फेला परेका थिए । दुबै जनालाई धारिलो हतियार खुकुरीको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत
विराटनगर। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिश्वासको मत प्राप्त गरेका छन् । कोशी प्रदेश सरकारमा दुई तिहाइ मत सहित उनले बिश्वासको मत प्राप्त गरेका छन् । विभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। त्यस्तै नेकपा एस समाजबादिका २ जनाले मतदान गरेनन् । आजको सभामा प्रदेश सभाका सदस्य ८३ उपस्थिति रहेका थिए । यस अघि मुख्यमन्त्री कार्कीले वैशा...

चर्चित डली चायवाला झापा आइपुगे

चर्चित डली चायवाला झापा आइपुगे
झापा । चर्चित डली चायवाला सोमबार नेपाल आइपुगेका छन् । सोमबार अपरान्ह उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् । दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित उनी आइपुगेको उनलाई नेपाल ल्याउने संस्था ग्लोबल इनोभेसन पार्टनरका आरिफ अलीले जानकारी दिए । उनलाई नेपाल सीमा नजिकको भारतको बागडोरा विमानस्थलबाट आयोजकले झापासम्म ल्याएका थिए । डली चायवाला धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा बसेका छन् ।त्यहाँ...

जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी

जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी
मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिका–१ गुरधुममा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा आइतबार साँझ विजय राईको परिवारका ४ जना बिरामी परेका हुन् । बिरामी पर्नेमा विजयकी पत्नी ५८ वर्षीया बलमाया राई, छोराहरु २५ वर्षीय सुजन, १८ वर्षीय कुमार र बुहारी २४ वर्षीया मञ्जु राई रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रब...

ग्रामथानबाट १८ लाख सहित ९ जना जुवाडे पक्राउ

ग्रामथानबाट १८ लाख सहित ९ जना जुवाडे पक्राउ
मोरङको ग्रामथान गाउँपालिकाबाट १८ लाख रूपैयाँ सहित ९ जना जुवाडे पक्राउ परेका छन्। ग्रामथान गाउँपालिका-४ कटहरा टोलस्थित बाँसघारीबाट शनिबार राति ८ बजे जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो। मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार जुवा खेलाइएको गोप्य सूचनापछि जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, हरैँचा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोल...

ताप्लेजुङमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु

ताप्लेजुङमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
ताप्लेजुङ। ताप्लेजुङमा पिकअप भ्यानमा माथिबाट खसेको पहिरो सहितको ढुङ्गा लाग्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नंको पिकअप भ्यानमाथि फक्ताङलुङ गाउँपालिका—३ सिवा क्षेत्रमा पहिरो सहितक...

कोशी सरकारमा कांग्रेस सहभागी हुँदै

कोशी सरकारमा कांग्रेस सहभागी हुँदै
विराटनगर। सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिनेछन् । शपथ आज राखिएको छ । कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईले गर्नेछन् । उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ । राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । कृष्ण सिटौला...

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की अनसन बस्दै

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की अनसन बस्दै
इनरुवा। वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै आज (मंगलबार) देखि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनसन शुरु गर्ने भएका छन् । उनले गत आइतबार प्रदेश सभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घण्टे ध्यानाकर्षण पत्र पठाएका थिए । कार्कीले आज दिउँसो ४ बजेदेखि आमरण अनसन बस्न लागेका हुन् । उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अन...

डेङ्गीका कारण झापामा दुई जनाको मृत्यु

डेङ्गीका कारण झापामा दुई जनाको मृत्यु
झापा। डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गुबाट मृत्यु हुनेमा हल्दिबारी-३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड-४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ । कोशी प्रदेशमा डेङ्ग‍ुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् ।...
trusted online casino malaysia