चोरहरुको पञ्जाबाट आठ वर्षीया बालिका फुत्किन सफल
सप्तरी । सप्तरीमा भारतीय चोरहरुको पञ्जाबाट आठ वर्षीया बालिका फुत्किन सफल भएकी छन् । मोरङको दादरबैरीया –५ का संजय शर्माकी छोरी आँचल शर्मालाई भारतीय चोरहरुले बोरामा राखेर लैजाँदै गर्दा स्थानीयको सहयोगमा प्रहरीले मुक्त गरेको छ । बच्चा चोर्न आएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–९ हनुमाननगर बजार रहेका मामा अमित शर्माको घरको आँगनमा खेलिरहेकी बालिकालाई चोरहरुले ब...












