सप्तरी । सप्तरीमा भारतीय चोरहरुको पञ्जाबाट आठ वर्षीया बालिका फुत्किन सफल भएकी छन् । मोरङको दादरबैरीया –५ का संजय शर्माकी छोरी आँचल शर्मालाई भारतीय चोरहरुले बोरामा राखेर लैजाँदै गर्दा स्थानीयको सहयोगमा प्रहरीले मुक्त गरेको छ । बच्चा चोर्न आएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–९ हनुमाननगर बजार रहेका मामा अमित शर्माको घरको आँगनमा खेलिरहेकी बालिकालाई चोरहरुले बोरामा हालेर साइकलमा लैजान लागेका थिए ।

हजुरबुवाको श्राद्धमा आएकी बालिकालाई चोरहरुले जवर्जस्ती उठाएर लग्न लागेको देखेपछि बालिकाकी हजुरआमा साबित्री देबी शर्माले हो–हल्ला गरेकी थिइन् । प्रहरीले बालिका चोर भारत बिहार जिल्ला सुपौल ग्राम बथनाहा वडा नं १८ बस्ने उमेश गोसाईको छोरा अंन्दाजी वर्ष २० को आनन्दकुमार गोसाई र सोही ग्राम–४ बैरियाघाट बस्ने नरेश झाको छोरा अन्दाजी वर्ष १८ को अनिल कुमार झालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट साईकल १ थान र पलाष्टीको ३ वटा बोरा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia