गरिबलाई उठिवासः घर भत्काएपछि कटेरामा बस्दै, शीतलहरमा झन् समस्या जनता आवास

गरिबलाई उठिवासः घर भत्काएपछि कटेरामा बस्दै, शीतलहरमा झन् समस्या जनता आवास
काठमाडौँ – नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् । तर, दुई वर्ष भयो, न नयाँ घर बन्यो, न त पुरानो घर नै रह्यो । ‘बरु फुसकै घर ठीक थियो । सरकारलाई पत्याएर नयाँ बनाउन खोजेपछि दुःख पाइयो,’ ताराले भनिन् । नयाँ बन्ने आसमा भएको घर भत्काएका उनीहरूले गत वर्षको चिसो पनि कटेरोमै बिताए । यस वर्ष पनि तराईमा शीतलहर सुरु भएको छ । यो शीतलहरमा चार छोराछोर...

केरावारीको आमजुङी जंगलबाट बन्दुक बरामद

केरावारीको आमजुङी जंगलबाट बन्दुक बरामद
मोरङ / मोरङको केरावारी गाउँपालिका ८ स्थित आमजुङी जंगलबाट मंगलबार साँझ प्रहरीले दुईवटा भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय केरावारीका प्रहरी नायव निरीक्षक बलदेव सुवेदीको नेत्रृत्वमा मोटरसाइकलमा गस्ती गरिरहेको प्रहरी टोलीले लोड गरिएको अवस्थाका बन्दुक फेला पारेको हो । गस्ती गर्दै प्रहरी टोली पुगेको देखेपछि दुई व्यक्ति जंगलको बाटो हुँदै भागेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ...

बोल्न नसक्ने बालिकालाइलाई आमाको काखवाटै थुतेर बलात्कार

बोल्न नसक्ने बालिकालाइलाई आमाको काखवाटै थुतेर बलात्कार
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा बोल्न नसक्ने एक बालिकालाई चकलेटको प्रलोभन देखाएर एक युवकले बलात्कार गरेका छन् । गणेशमान चारनाथ नगरपालिका ५ तडियाकी ७ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कार गर्ने स्थानीय युवक रोशन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति १० बजे अपाङ्गता भएकी बालिकालाई आमाकै काखवाट खोसेर नजिकैको उखुबारीमा लगी बस्नेतले बलात्कार गरेको ईलाका प्रहरी कार्याल...

जंगलमा घाँटी रेटिएको अवस्थामा युवती फेला

जंगलमा घाँटी रेटिएको अवस्थामा युवती फेला
तेह्रथुम / तेह्रथुमकाे छँथर गाउँपालिका १ मार्गापोखरी नजिकै जंगलमा खुकुरीले घाँटी रेटिएको अवस्थामा एक युवती फेला परेकी छिन् । बेहोस अवस्थामा फेला परेकी उनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घाईते अवस्थामा फेला परेकी युवती छँथर गाउँपालिका २ की ३० बर्षीय अविवाहित नमुना बोहोरा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्...

देशभर जाडो बढ्यो,काठमाडौंको तापक्रम २ डिग्री

देशभर जाडो बढ्यो,काठमाडौंको तापक्रम २ डिग्री
मोरङ । सोमबार बिहानदेखि देशभर जाडो बढेको छ । काठमाडौं उपत्यकामा समेत जाडो ह्वात्तै बढेको छ । सोमबार विहानको न्युनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । यो रेकर्ड यस वर्षको हालसम्मकै सबैभन्दा कम हो । मौसमविद राजु प्रधानांगका अनुसार बंगालको खाडीको दक्षिण पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो । ‘फेथाइ’ उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ । ‘यसैको आंशिक ...

प्रदेश १ को इन्जिनियर्स एसोसियेसनमा लोकन्तान्त्रिक समुहको कब्जा

प्रदेश १ को इन्जिनियर्स एसोसियेसनमा लोकन्तान्त्रिक समुहको कब्जा
सुनसरी । नेपाल  इन्जिनियर्स एसोसियेसन प्रदेश न. १ को कार्यसमितिको विर्तामोड, इटहरि र विराटनगरमा हिजो सम्पन्न निर्वाचनको मत परिणाम अनुसार सह सचिव बाहेक पुरै कार्य समिति लोकतान्त्रिक समुहको कब्जामा गएको छ । प्राप्त मत परिणाम अनुसार अध्यक्षमा यशवन्त विक्रम शाह, उपाध्यक्षमा लोचनराज न्यौपाने, सचिवमा विकास भटराई, सह सचिवमा हसरत अलि नेपाल, कोषाध्यक्षमा जयनाथ यादव र सदस्यहरुः अरुण यादव, ज्ञानेन्द्र सि...

भारततर्फ लैजाँदै गरेको दिलवाले मदिरा बरामद

भारततर्फ लैजाँदै गरेको दिलवाले मदिरा बरामद
राजविराज । नेपालबाट भारततर्फ अबैध रुपमा लैजाँदै गरेको एक सय आठ कार्टुन मदिरा हनुमाननगर कंकालिनी नगरपालिका– १४ बाट बिहीबार सप्तरी प्रहरीले बरामद गरेको छ । दिलवाले नामको एक सय आठ कार्टुन मदिरा ११ वटा साईकलमा लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बताउनु भयो । प्रहरी चौकी रामपुर मल्हनिया र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले उक...

अन्यौलमा प्रदेश १ को नाम र राजधानी

अन्यौलमा प्रदेश १ को नाम र राजधानी
मोरङ । प्रदेश १ को नाम के राख्ने र स्थायी राजधानी कहाँ बनाउने भन्ने बिषयमा अझै पनि अन्यौलता कायमै रहेको छ । प्रदेशसभाको हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने भनिए पनि प्रदेशसभामा एजेन्डा प्रवेश गराउने विधिको विषयमा संसद सचिवालय नै अहिलेसम्म बेखवर छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुस दोस्रो साताबाट संसद सुरु हुने र त्यसमा प्रदेश नामाकरण र राजधानीको विषयलाई औपचारिक रूप...

सुन तस्करी र सनम हत्या प्रकरण : शाक्य र पोद्धारलाई धरौटीमा छाड्न आदेश

सुन तस्करी र सनम हत्या प्रकरण : शाक्य र पोद्धारलाई धरौटीमा छाड्न आदेश
माेरङ / साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुछिएका व्यवसायी विमल पोद्दार र आर के भन्ने राजेन्द्रकुमार शाक्यलाई उच्च अदालत विराटनगरले बिहीबार धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालतको आदेश पछि पूर्पक्षकालागि थुनामा रहेका पोद्दार र शाक्यलाई बिहिवार उच्च अदालत विराटनगरले १०–१० लाख धरौटीमा छाड्ने आदेश दिएको ह...

विराट मेडिकल कलेजको एमबीबीएसः निःशुल्क भन्दै १५ लाख असुल्दै

विराट मेडिकल कलेजको एमबीबीएसः निःशुल्क भन्दै १५ लाख असुल्दै
काठमाडौँ / विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । विद्यार्थी र अभिभावकले निःशुुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार शिक्षामन्त्रीलाई आग्रह गरेका छन् । काठमाडौँ विश्वविद्यालयको छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीका अनुसार कलेजले अनिवार्य होस्टल र खानाबापत ५ व...
trusted online casino malaysia