भारत बाट ल्याउदै गरेको कुखुरा नस्ट

भारत बाट ल्याउदै गरेको कुखुरा नस्ट
१५ चैत्र, सिरहा, अमर पासमान। सिमाबर्ती भारतबाट ल्याउदै गरेको अन्दाज ११,२५० मुल्य बराबरको कुखुरा पठेर्बा कमलाधार ईलाका बाट करिब १० बजेको समयमा फेला परेपछी बि.ओ.पि माडर,खैरटोका सस्त्र प्रहरी बलको सहायक निरीक्षक धनबहादुर के.सिको कमान्डमा खटिगएको टोलिले आफ्नो नियन्त्रणमा लिई सस्त्र प्रहरी बल माडरको कमपाउन्ड भित्र करिब १२:४५ बजेको समयमा इन्स्पेक्टर मनोज गुरुङ, जनपथको प्रहरी नायब निरीक्षक सुनिल के.सि ...

सिरहामा पेस्तोल र गोलीसहित दुई पक्राउ

सिरहामा पेस्तोल र गोलीसहित दुई पक्राउ
१४ चैत्र, सिरहा । भारत बाट नेपाल आउदै गरेको मोटरसाइकलको सीटमुनि लुकाएर ल्याउँदैगरेको हतियारसहित दुईजनालाई प्रहरीले पक्राउ गरिएको छ । भारतबाट सिरहाको माडरतर्फ आइरहेको स ३ प ७९९ नम्बरको मोटरसाइकलको सीटमुनिबाट अमेरिकामा निर्मित लेखिएको एकथान पेस्तोलसहित अन्य सामग्रीहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार मिर्चेया नगरपालिका वडा नं.१ मनहर्वा बस्ने २१ वर्षीय मो. मैन...

आँपको राजधानी भनेर चिनिने सिरहामा यस वर्ष दोब्बर आँप फल्ने सङ्केत

आँपको राजधानी भनेर चिनिने सिरहामा यस वर्ष दोब्बर आँप फल्ने सङ्केत
दोब्बर आँप फल्ने सङ्केत  देखिएपछि कृषक खुसीले गद्गद् १४ चैत्र, सिरहा, अमर पासमान । आँपको राजधानी भनेर चिनिने सिरहामा यस वर्ष दोब्बर आँप फल्ने सङ्केत देखिएपछि कृषक खुसीले गद्गद् भएका छन् । गत वर्ष २० प्रतिशत आँप उत्पादनभए पनि यस वर्ष अत्यधिक उत्पादन हुने कृषि विकास कार्यालय सिरहाका कृषि प्रसार अधिकृत रामनारायण महतोले जानकारी दिए । आँप खेतीका लागि निकै प्रख्यात सिरहाका कृषकले रुखमा मन्जरी (फूल) अत्...

पुर्वाअञ्चल कलेज प्रिन्सेस २०१६ को उपाधी केम्मीलाई

पुर्वाअञ्चल कलेज प्रिन्सेस २०१६ को उपाधी केम्मीलाई
१३ चैत्र, बिराटनगर । एड होम एडभरटाईजिङले आयोजना गरेको अपार पुर्वान्चल कलेज प्रिन्सेस २०१६ को उपाधी विराटनगर १६ की केम्मी राईले जित्न सफल भएकी छिन् । उनले नगद ५१ हजार नगद सहित विभिन्न गिफ्ट ह्याम्पर पनि हात पारेकी छिन् ।कलेज पढ्ने छात्राहरुको सौन्दर्य मात्र नभएर उनिहरुलाई समाजमा स्थापित गराउने उद्देश्यका साथ स्थापना भएको कलेज प्रिन्सेसको दोस्रो संकरणको बिजेता संग संगै उनले मिस पर्सनालीटीको टाईटल पन...

सिरहाको भलुबाही इस्थित सद्गगुरु कबिर सन्त सम्मेलनमा सहभागीको केही दृश्यहरु

सिरहाको भलुबाही इस्थित सद्गगुरु कबिर सन्त सम्मेलनमा सहभागीको केही दृश्यहरु
१३ चैत्र, सिरहा, अमर पासमान।सिरहाको भलुवाहीमा आयोजना भएको सद्गुरु सन्त सम्मेलनमा हजारौं सहभागी भएका छन् । भारत समस्तीपुरका आर्चाय राजनारायण साहेब प्रमुख प्रवचनकर्ता रहेको सन्त सम्मेलनमा नेपाल र भारतका विभिन्न स्थानबाट सहभागीता जनाईएको छ । भलुवाही उच्च माध्यमिक परिसरमा शुक्रवारदेखि सुरु भएको सन्त सम्मेलन दुईदिन चल्ने भएको छ । सन्त सम्मेलनमा आचार्य राजनारायण, उमा साहेव, श्याम साहेव, देव सुन्दर साह...

गुगलकाे विरोध स्वरुप इटहरीका सञ्चारकर्मी सडकमा

गुगलकाे विरोध स्वरुप इटहरीका सञ्चारकर्मी सडकमा
१२ चैत्र, इटहरी। सर्चइन्जिन गुगलले सगरमाथालाई चीनमा देखाएको बिरोधमा सुनसरीको इटहरीमा विरोध र्‍यालीको आयोजना गरिएको छ ।शुक्रबार बिहान इटहरी चोकमा आयोजना गरिएको र्‍यालीमा नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । र्‍यालीका सहभागीहरुले सर्चइन्जिन गुगललाई गल्ती सुधार गर्न आग्रह गरेका थिए । उनीहरुले सगरमाथा नेपालको भएका भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । विश्वभर ...

दुर्घटनामा तीनको मृत्यु

दुर्घटनामा तीनको मृत्यु
इनरुवा चैत्र ११/(फाइल फोटो) सुनसरी र मोरङमा भएका दुई भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।पूर्व पश्चिम राजमार्ग अन्र्तगत इटहरी उपमहानगरपालिका १९ मा भएको ट्याक्टर दुर्घटनामा दुईको र विराटनगरमा भारतीय ट्रकको ठक्करले एकको ज्यान गएको हो । बिहीवार विहान पश्चिमबाट बाँस लोड गरी पूर्व जाँदै गरेको स १ त ३२८८ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको थियो । अनियन्त्रित बनेको ट्याक्ट...

सुनसरीबाट पेस्तोल सहित अपहरणकारी पक्राउ

इनरुवा चैत्र ९/ सुनसरीको दक्षिणवर्ति गाविस वसन्तपुरबाट हतियार सहित एक अपहरणकारी पक्राउ परेका छन् ।शंकास्पद गतिविधीका आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा अपहरणको कार्यमा संलग्न रहेको आशंकामा पश्चिम कुशाहा गा.वि.स. वडा न. ९ बस्ने वर्ष ३१ को इन्द्रदेव दासलाई नियन्त्रणमा लिएको थियो । को.१६ प.६१९३ नम्वरको मोटर साइकलमा युवति लिएर भारततर्फ जान लागेका दासको साथबाट प्रहरीले चेकजाँचका क्रममा एक थान कटुवा ...

मधेसीका ९० प्रतिशत माग सम्बोधन भइसक्यो :पूर्वराष्ट्रपति यादव

मधेसीका ९० प्रतिशत माग सम्बोधन भइसक्यो :पूर्वराष्ट्रपति यादव
५ चैत्र, विराटनगर । पूर्वराष्ट्रपति डा.रामवरण यादवले संविधान संशोधन पछि मधेसी समुदायका ९० प्रतिशत माग पुरा भएको बताएका छन ।उनले आज बिराटनगरमा पत्रकारसंग कुराकानीमा संविधान संसोधन पछि मधेसका धेरै माग पुरा भएको र केही मागको बिषयमा अब ठुला राजनितिकदलले मधेसवादी बिच सहमति र सहकार्यगरी पुरा गर्नुु पर्ने बताएका छन ।वार्ता र संवादबाट बाँकी रहेको असहमतीलाई अझैपनि संविधान संसोधन गरेर अगाडी बढ्न सकिने भन्दै...

मर्मत हुदैछ विराटनगरको शहिद रंगशाला

मर्मत हुदैछ विराटनगरको शहिद रंगशाला
५ चैत्र बिराटनगार।पूर्वाचंल क्षेत्रिय खेलकुद विकास समितिले शहिद रङशाला विराटनगरको मर्मत कार्य सुरु गरेकोछ ।राति पनि खेल देखाउन मिल्ने गरि मैदानमा लाईटको व्यवस्थापनका साथै व्यस्थित शौचालय लगायतको सुविधाको  खेल हेर्न आउने दर्शकले माग गरेका थिए  तर हाल प्याराफिटको मर्मत कार्य मात्र गरिदै छ । सो मर्मत कार्य राष्ट्रिय खेलकुद परिषदको सहयोगमा भईरहेकोछ ।   तस्विर : सरोज लम्साल
trusted online casino malaysia