५ चैत्र, विराटनगर । पूर्वराष्ट्रपति डा.रामवरण यादवले संविधान संशोधन पछि मधेसी समुदायका ९० प्रतिशत माग पुरा भएको बताएका छन ।उनले आज बिराटनगरमा पत्रकारसंग कुराकानीमा संविधान संसोधन पछि मधेसका धेरै माग पुरा भएको र केही मागको बिषयमा अब ठुला राजनितिकदलले मधेसवादी बिच सहमति र सहकार्यगरी पुरा गर्नुु पर्ने बताएका छन ।वार्ता र संवादबाट बाँकी रहेको असहमतीलाई अझैपनि संविधान संसोधन गरेर अगाडी बढ्न सकिने भन्दै मधेसी जनता अत्तालिहाल्नु पर्ने अवस्था उनले बताए ।

यसैगरी उनले मधेसको समस्या समाधान नगरी संविधान जारी गर्नुपर्दा आफूलाई पनि केही पीडा भएपनि अब बाँकी रहेका माग प्रति कांग्रेस, एमाले, एमाओवादीलाई गम्भीर बनेर सामाधान गर्नु पर्ने बताएका छन ।अहिले भएको राज्य पुर्नसंचनाका विषयमा संघीयता र सीमांकनको खाका अर्थविद, भूगोलविद, इतिहासकार, राजनीतिज्ञ आदि सबैलाई सबैको परामर्श गरेर राज्यपुर्नसंरचना गर्नु पर्ने उनको सुझाब रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia