काेशीमा किचलै किचलाे : मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

काेशीमा किचलै किचलाे : मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय
इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीलाई नियुक्त गर्न एमाले र कांग्रेस नेता शेखर कोइराला समूहका सांसदहरूले प्रदेश प्रमुख कार्यालय पुगेका हुन् । त्यसका लागि एमालेका ३९ र कांग्रेस कोइराला समूहका ८ सांसद प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेका हुन् । ...

कोशीमा आज मुख्यमन्त्री नियुक्ति हुँदै : आङ्बो र कार्कीमा काे बन्दैछन मुख्यमन्त्री ?

कोशीमा आज मुख्यमन्त्री नियुक्ति हुँदै : आङ्बो र कार्कीमा काे बन्दैछन मुख्यमन्त्री ?
इटहरी । कोशी प्रदेशले आज (शुक्रबार) नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनका लागि दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ । प्रदेश प्रमुख खापुङले आज (शुक्रबार) मुख्यमन्त्री नियुक्त गर्दै छन् । तर उनी अन्योलमा छन्– कसलाई मुख्यमन्त्री बनाउने भनेर । प्रदेश प्रमुख खापुङले आज ५ बजेपछि मात्र निर्णय ...

कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने सत्ता गठबन्धनको निर्णय

कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने सत्ता गठबन्धनको निर्णय
इटहरी । सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित बिहीबार बालुवाटरमा बसेको सत्तारुढ दलको बैठकले आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। ‘कोशी प्रदेशमा माओवादीका दलका नेता आङ्बोलाई अघि सार्ने औपचार...

खाेटाङमा मानव अधिकार : गुणस्तरीय शिक्षामै देखियाे कमजाेरी , स्वास्थ्य क्षेत्र उस्तै डामाडाेल , सिटामाेल समेत पाइएन

खाेटाङमा मानव अधिकार :  गुणस्तरीय शिक्षामै देखियाे कमजाेरी , स्वास्थ्य क्षेत्र उस्तै डामाडाेल , सिटामाेल समेत पाइएन
खोटाङ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ । मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा कार्यालयमा पत्रकार घेटघाट कार्यक्रमको आयोजना गरेर मानव अधिकारसम्बन्धी भए÷गरेका जिल्लाको समग्र वस्तुस्थितिका बारेमा जानकारी दिएको हो । मानव जीवनको पहिलो प्राथमिकतामा पर्ने शिक्षा र स्वास्थ्य क्षेत्रको से...

विद्यार्थी संगै अभिभावक पढाउँदै इलामकाे रोङ गाउँपालिका

विद्यार्थी संगै अभिभावक पढाउँदै इलामकाे रोङ गाउँपालिका
इलाम । अधिकांश विद्यालयमा विद्यार्थी पढाइन्छ तर बिद्यालय जाने विद्यार्थीका अभिभावकलाई नै पढाइएको भन्ने कुरा कमै मात्रामा देख्न र सुन्न पाइन्छ । इलामको रोङ गाउँपालिकाले अब बिद्यालय जाने बिद्यार्थीका अभिभावकलाई समेत पढाउने भएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने अभिभावकलाई शिक्षा दिने उद्देश्यले उक्त गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइएको छ । त्यसका लागि सहजकर्ता नियु...

जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी, देश–विदेशमा बढ्दै माग

जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी, देश–विदेशमा बढ्दै माग
संखुवासभा । संखुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ । उनीहरूले गर्ने उद्यमको माग बजारमा दिन प्रतिदिन बढिरहेको छ । अल्लो व्यवसायले धेरैलाई रोजगार समेत बनाएको छ । अल्लो उद्योगमा स्थानीयले रोजगारी प्राप्त गरेको सभा नेपालकी कृष्णकुमारी राईले जानकारी दिइन् । उनले आफ्नो उद्योगमा १० जना बढीलाई रोजगारी दिएकी छन् । ...

महिला विकाश केन्द्रकाे नव देवी सम्मान कार्यक्रम : इटहरीकी ४ सहित ८ जना महिलाहरू सम्मानित

महिला विकाश केन्द्रकाे नव देवी सम्मान कार्यक्रम : इटहरीकी ४ सहित ८ जना महिलाहरू सम्मानित
इटहरी । समाज परिवर्तनका निमित्त विभिन्न क्षेत्रमा रही विशेष याेग्दान पुर्‍याउने इटहरीकी ४ जना सहित काेशी प्रदेशकी ८ जना महिला नेतृहरूलाई इटहरीमा विशेष सम्मान गरिएको छ । महिला विकाश केन्द्रले आयोजना गरेको प्रथम काेशी प्रदेश नव देवी सम्मान कार्यक्रम मार्फत उनीहरूलाई विभिन्न अवार्ड मार्फत सम्मान गरिएको हो । उनीहरूलाई विभिन्न ९ शीर्षकमा नव देवी सम्मान कार्यक्रम मार्फत विशेष सम्मान गरिएको हो । स्वास...

कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…

कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…
झापा । एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा थिए । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै थिइन् ।हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनको छानो भएको सानो भुइँतले घरमा अनुजाको बुबा र आमा बस्छन् । नजिकै जलथल जङ्गल छ । जहाँ अनुजाका बुबासहित गाउँलेहरु गाईभैँसी र बाख्रा चराउन जान्छन् ।...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै : पाउलान त बहुमत ?

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै : पाउलान त बहुमत ?
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आज (शनिबार) विश्वासको मत लिने भएको छ । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन् । पदीय जिम्मेवारी लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । विश्वासको मतका लागि लागि प्रदेश सभामा ४७ मत आवश्यक भए पनि मुख्यमन्त्...

एउटी युवतीलाइ दुइजनाले मन पराएपछि …

एउटी युवतीलाइ दुइजनाले मन पराएपछि …
इटहरी । माेरङकाे बिराटनगर स्थित एक कलेजमा अध्यन्नरत एक जना युवतीकाे विषयलाइ लिएर ग्याङ फाइट गर्न हिडेका १७ जनालाइ माेरङ प्रहरीले शुक्रबार दिउसाे बिभिन्न हतियार सहित नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेहरूमा अधिकांश सुनसरी बर्जु गाउपालिकाका रहेका छन । १८ जना मध्ये ९ जना १८ वर्ष मुनिकाे रहेकाे माेरङ प्रहरीले जनाएकाे छ । युवतीकाे विषयमा यस अघि पनि पटक पटक विवाद हुदै अाएकाे प्रहरी अनुशन्धानले देखाए...
trusted online casino malaysia