इटहरी । माेरङकाे बिराटनगर स्थित एक कलेजमा अध्यन्नरत एक जना युवतीकाे विषयलाइ लिएर ग्याङ फाइट गर्न हिडेका १७ जनालाइ माेरङ प्रहरीले शुक्रबार दिउसाे बिभिन्न हतियार सहित नियन्त्रणमा लिएकाे छ ।
पक्राउ पर्नेहरूमा अधिकांश सुनसरी बर्जु गाउपालिकाका रहेका छन । १८ जना मध्ये ९ जना १८ वर्ष मुनिकाे रहेकाे माेरङ प्रहरीले जनाएकाे छ । युवतीकाे विषयमा यस अघि पनि पटक पटक विवाद हुदै अाएकाे प्रहरी अनुशन्धानले देखाएकाे छ । शुक्रबार फाइनल कुरा गर्न भनेर दुवै पक्ष ग्याङ फाइटकालागि निस्किएकाे बेला एक पक्षलाइ भने प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान थालेकाे हाे ।
अर्काे पक्षकाे खाेजीकार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरूकाे साथबाट घरेलु हतियार खुकुरी , कर्जा , तलवार , बाम्फोक, फलामको नोख, लाट्ठीलगायत बरामद गरिएकाे छ । याेजना हेर्दा काटाकाट र मारामार गर्ने उद्येश्यका साथ युवाहरू भेला भएकाे देखिन्छ माेरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले भने ।
घरेलु हतियार सहितकाे युवाहरूकाे समुह बिराटनगर छिरेकाे सुचना पाए लगत्तै सम्भावित घटनास्थल र शंकासपद स्थानहरूमा प्रहरी परिचालन गरिएकाे प्रवक्ता दाहालले बताए। प्रहरीले बिराटनगरकाे शनी मन्दिरबाट १५ जनालाइ एकै पटक नियन्त्रणमा लिएकाे र थप ३ जनालाइ अन्य स्थानबाट नियन्त्रणमा लिएकाे थियाे । ग्याङ फाइटकाे तयारी हुदै गर्दा एक पक्ष समातिएपछि बिराटनगरमा ठुलाे घटना टरेकाे प्रवक्ता दाहालकाे भनाइ छ । प्रहरी नियन्त्रणमा रहेका १८ जनालाइ हिरासतमा राखेर थप अनुशन्धान भइरहेकाे माेरङ प्रहरीले जनाएकाे छ ।








