विराट नर्सिङमा काटिएको हात जोडियो

विराट नर्सिङमा काटिएको हात जोडियो
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नसाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नसा काटिएर आएका विरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् ।१७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काट...

मोरङको बूढीगंगाबाट २१ थान टिभी चोरी गर्ने गिरोह पक्राउ

मोरङको बूढीगंगाबाट २१ थान टिभी चोरी गर्ने गिरोह पक्राउ
मोरङ । मोरङको बूढीगंगा गाउँपालिकाबाट १ महिनाअघि एलईडी टिभी (टेलिभिजन) चोरी गर्ने गिरोहलाई प्रहरीले फेला पारेको छ ।गोदाम फुटाएर २१ थान टिभी चोरी गर्ने गिरोहका दुई जना बुधबार राति १० बजेतिर पक्राउ परेका छन् ।प्रहरीले नवीन डिस्ट्रिब्यूटर्सको झ्याल फुटाएर एक महिनाअघि टिभी चोरी गरेको घटनामा संलग्न बूढीगंगा–४ का २५ वर्षीय कोसन ऋषिदेव र १८ वर्षीय सन्दीपकुमार ऋषिदेवलाई पक्राउ गरेको हो ।विशेष सूचनाका आधारम...

उदयपुरबाट आठ किलो गाँजासहित एक जना पक्राउ

उदयपुरबाट आठ किलो गाँजासहित एक जना पक्राउ
उदयपुर । उदयपुरबाट गाँजासहित एक जना पक्राउ परेका छन् । उदयपुरको रौतामाई नगरपालिका–८ का ४९ बर्षीय डिक बहादुर लुङगेली मगर आठ किलो ५८१ ग्राम गाँजासहित पक्राउ परेका हुन् ।गाँजाको ओसार पसार भइरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो गाईघाट बजारबाट मगरलाई पक्राउ गरेको हो ।पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

मोरङको राठी इण्डष्ट्रिजमा भीषण आगलागी : नियन्त्रणको प्रयास जारी

मोरङको राठी इण्डष्ट्रिजमा भीषण आगलागी : नियन्त्रणको प्रयास जारी
इटहरी । मोरङको बूढीगंगास्थित एक उद्योगमा शुक्रबार बिहानको रातिदेखि भीषण आगलागी भइरहेको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानिफ्याक्चरिङ इण्डष्ट्रिजमा बिहान २ बजेदेखि आगलागी भइरहेको प्रहरीले जनाएको छ ।इलेक्ट्रिक सामग्री (बिजुलीको बल्ब र स्वीच) बनाउँदै आएको उद्योगमा लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन...

धनकुटाको सहिदभूमिमा तीन महिनामै पाइप फुट्न थालेपछि लिफ्टिङ सिंचाइले गाउँले हैरान

धनकुटाको सहिदभूमिमा तीन महिनामै पाइप फुट्न थालेपछि लिफ्टिङ सिंचाइले गाउँले हैरान
धनकुटा । हस्तान्तरण भएको तीन महिनादेखि पाइप फुट्न थालेपछि तमोर नदीको पानी तानेर खेती गर्ने धनकुटाको सहिदभूमि गाउँपालिका गोपालपुर गाउँका किसानको सपना त्यसै तुहिएको छ ।संघीय सरकारको एक करोड ८५ लाख सहयोगमा आर्थिक वर्ष २०७६/०७७ मा गाउँका एक सय ५० घरधुरीका लागि सिँचाइ सम्पन्न भएको थियो तर आयोजना पूरा भएर जिम्मा लिएको तीन महिना नबित्दै पाइप फुटेर अहिलेसम्म पूर्णरूपमा बन्न नसक्दा गाउँका किसान समस्यामा पर...

मोरङको रङ्गेलीमा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा पक्राउ

मोरङको रङ्गेलीमा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा पक्राउ
मोरङ । मोटरसाइकल दुर्घटना हुँदा मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा बुधबार राति एक जना महिलाको मृत्यु भएको छ ।मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रतुवामाई नगरपालिका–५ की ५० वर्षीया मानकीदेवी साहको मृत्यु भएको छ ।प्रहरी निर...

प्रतिबन्धित लागूऔषधसहित झापाबाट चार जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित झापाबाट चार जना पक्राउ
झापा । झापाको दुई स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । मेचिनगर नगरपालिका र दमक नगरपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका हुन् ।बुधबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ बाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।चेकजाँचको क्रममा मे १० प ६९०७ नम्वरको मोटरसाइकलमा सवार रहेका पाँचथर...

पाथीभरा तीर्थयात्रीलाई तोकिए भन्दा बढी सवारी भाडा लिन नपाइने

पाथीभरा तीर्थयात्रीलाई तोकिए भन्दा बढी सवारी भाडा लिन नपाइने
ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएको भन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ । दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनःध्यानाकर्षण गराएका छन् ।जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले पाथीभरा आउने दर्शनार्थीको सहजताका लागि यसअघि भएका निर्णय पूर्णरुपमा कार्यान्...

भोजपुर उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या : तत्काल काठमाडौं फर्काइयो

भोजपुर उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या : तत्काल काठमाडौं फर्काइयो
काठमाडौँ । काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता ल्याइएको छ ।आज (बिहीबार) बिहान भोजपुरको लागि उडेको नाइन एन एबीटी कल साइन रहेको ट्वीनअटरमा केही समस्या देखिएपछि काठमाडौं नै फिर्ता गरेर सुरक्षित अवतरण गरिएको नेपाल एयरलाइन्सले जनाएको छ । ट्वीनअटरको ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि उडेको केही समयमा नै फिर्ता गरिएको बताइएको छ ।‘कक...

पाथीभरामा याे वर्ष ७ कराेड भेटी संकलन : तीर्थयात्रीको उपस्थिति तीन गुणा बढ्याे

पाथीभरामा याे वर्ष ७ कराेड भेटी संकलन : तीर्थयात्रीको उपस्थिति तीन गुणा बढ्याे
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सात करोड १० लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको र विभिन्न दाताले उपलब्ध गराएको सहयोगसमेत गरी हालसम्म उक्त रकम सङ्कलन भएको हो ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत वैशाख १ सम्ममा कुल सात करोड १० लाख ३७ हजार ७९३ रुपियाँ भेटी सङ्कलन भएको छ । कुल रकममध्ये गत आर्थिक वर्षसम्म पाँच करोड तीन लाख १८ हजार ४८५ रुपियाँ ...
trusted online casino malaysia