चिरौली चौकमा अनुगमन
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको चिरौली चौकमा अनुगमन गरिएको छ। भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना तथा प्रहरी चौकी चिरौली र स्थानीय पत्रकारहरुको समन्वयमा बजार अनुगमन गरिएको अनुगमन समितिकी संयोजक सुनिता कुमारी उराँवले जानकारी दिइन् ।
पालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक सुनिता कुमारी उराँवका अनुसार चिरौली चौक स्थित रहेको स्थानीय बजारका विभिन्न किराना पसल, मदिरा पसल, हार्डवेय...












